काठमाडौं
नेपाली चलचित्र ‘खेल’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटा अटाएका छन् ।
पोस्टरमा रहस्य र डर झल्काउने गाढा निलो र कालो रङ्गको साथमा तयार पारिएको छ । यसको अगाडिको भागमा स्कुले विद्यार्थीहरू र पृष्ठभूमिमा रहस्यमय वातावरण दर्साउने आँखाहरूको डरलाग्दो छाया देखिन्छ ।
पोस्टरमा चन्द्रमा पनि समावेश छ, हेडफोन लगाएकी अभिनेत्री सुरक्षा पन्त चलचित्रकी प्रमुख पात्र रहेको पोस्टरले रहस्य खोलेको छ ।
‘खेल’ लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन् । चलचित्रमा किरण श्रेष्ठ, भावना घिमिरे, सुहानी खड्का क्षेत्री लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
यो चलचित्र सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो । निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह–निर्माताहरू कुणानराज गुरुङ र रहिशराज महर्जन रहेका छन् ।
प्रतिक्रिया