४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री प्रियंकाको कलाभन्दा चटक धेरै



काठमाडौं
भनिन्छ, चलचित्र समाजको ऐना हो । चलचित्रमा देखिने कलाकारहरुले जे गर्छन्, प्रशंसकहरुले त्यही सिक्छन् । कुनै समय नेपाली दर्शकहरु राजेश हमाल,निखिल उप्रेती,भुवन केसीलगायत ‘हिरो’हरुको जीवनशैलीलाई फ्यानहरुले पछ्याएका हुन्थे। उनीहरुले जस्तै हेयर स्टाइल, पोशाक प्रयोग गरे त्यस्तै बनाएर हिड्थेँ युवाहरु ।
युवाहरु राजेश हमालको स्टाइलमा लामो कपाल पाल्थेँ,कोही भुवन केसीको स्टाइल छोटो चटक्क पार्थे । निखिल उप्रेतीको एक्सनले दर्शकहरु प्रभावित हुन्थेँ । रेखा थापाको छोटा लुगा र उनको बोलीले समाजमा महिलाहरु केहि आधुनिकतातर्फ फर्किए । त्यसैलेअहिले उनीहरु फिल्म खेले पनि नखेले पनि दर्शकका हिरो हिरोइन नै छन्। उनीहरु जहाँ उभिए पनि दर्शकको घुँइचो लाग्छ।
पाँ वर्षअघिसम्म अभिनेत्री प्रियंका कार्कीले चलचित्र क्षेत्रमा राम्रै छाप बनाइरहेकी थिइन् । आधा दशकअघि उनका फ्यान हुन थालिसकेका थिए । छोरी पेटमा हुँदा उनले जुस पिलाएको तस्विर र भिडियो भाइरल नै बन्यो । केहि मान्छेहरुले उनको सिको पनि गरे । दर्जनौ हिरोइनमा बेग्लै छाप बनाइरहेकी प्रियंकाको पछिल्लो चटकेपनले आफ्नै फ्यान समेत गुमाउन थालेकी छन् ।
चटक पनि कतिसम्मको हो भने ३ वर्षिय नाबालिका छोरीसँग होलीमा नाचेको भिडियोले आलोचित बनिरहेकी छन् । दुर्गेश थापाको गीतमा होलीका दिन छोरीसँग चाक ठोक्काउदै नाचेको भिडियो हेरेपछि दर्शकहरुले छक्क परेका छन् । आमाले यस्तो सस्कार सिकाएपछि छोरीले के सिक्लिन् भन्नेको उधुम छ ।
रोज नामक टिकटकरले प्रियंकालाई सुझाव स्वरुप भनेका छन्,‘आफू त गलत छन् छन्,छोरीलाई पनि गलत बाटोमा हिडाउने भइन् ।’ अरुको त कमेन्ट हेरि साध्य छैन ।
केही समयअघि अन्र्तवार्ताको क्रममा बोलेको अश्लील शव्दले पनि उनको धेरै आलोचना भयो । उनले भर्खरै काउण्टर जवाफ फर्काएकी छिन्, ‘मलाई यस्तो कुराले केही फरक पार्दैन, बरु मेरो चर्चा बढाएको छ ।’
पछिल्लो समय अभिनेत्री प्रियंकाको चलचित्र हेरेर मनोरञ्जन होइन । सामाजिक सञ्चालको चटक हेरेर रमाउन पाइन्छ ।
उनका यस्ता तिकड्म भनाईले सामाजिक सञ्जालमा आजकल गालीको थोरै बर्षा भइरहेको छैन । तर अभिनेत्री प्रियंका आफ्नै फ्यानको सुझावलाई टेरपुच्छर लगाउदिनन् । आफूलाई सुर्धादिनन् ।
यतिधेरै गाली खाँदा पनि नचेतेपछि खै, के भन्नु छ र? रेखापछिको अब्बल हिरोइन बन्ने आशा पनि तुषरापात भएको छ, उनको आफ्नै हर्कतले । सस्तो प्रचारमा रमाउने प्रियांकालाई ‘राम’ ‘राम’ भन्न सकिएला । अरु त खै……

 

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  ११ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।