२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्यमा नयाँ रेकर्ड



काठमाडौं । सुनको मूल्यमा दिनहुँ उच्च मूल्यको नयाँ रेकर्ड कायम हुन थालेको छ। मंगलबार अहिलेसम्मकै महँगो बनेको सुनले आज फेरि महँगो मूल्यको नयाँ रेकर्ड बनाएको हो।

आज प्रतितोला आठसय रुपैयाँ बढेर सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको मूल्य तोलाको एक लाख ७६ हजार रुपैयाँ पुगेको छ।

मंगलबार प्रतितोला ११ सय रुपैयाँ बढेर सुनको मूल्य प्रतितोला एक लाख ७५ हजार दुईसय रुपैयाँ पुगेको थियो। महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। प्रतितोला पाँच रुपैयाँ घटेर चाँदीको मूल्य २ हजार ४५ रुपैयाँ कायम भएको हो।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  ११ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।