काठमाडौं । काठमाडौंमा बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्ट हाउस सञ्चालक पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले गोरखा पालुङटार नगरपालिका–६ बस्ने ४५ वर्षीय शम्भुलाल मल्ललाई पक्राउ गरेको हो ।
उनले काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए। उनले त्यहाँ बालिकाहरूलाई जबरजस्ती यौन व्यवसायमा लगाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
उक्त सूचनाको आधारमा प्रहरीले सोमबार अपराह्नमा छापा मारेको थियो। दुई जना बालिकालाई उद्धार समेत गरी सञ्चालक मल्ललाई पक्राउ गरेको हो । पीडित बालिकाहरूले मंगलबार जाहेरी समेत दिएका छन्।







प्रतिक्रिया