५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बालाजुस्थित गेष्ट हाउसका सञ्चालक बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा पक्राउ



काठमाडौं । काठमाडौंमा बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्ट हाउस सञ्चालक पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले गोरखा पालुङटार नगरपालिका–६ बस्ने ४५ वर्षीय शम्भुलाल मल्ललाई पक्राउ गरेको हो ।

उनले काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए। उनले त्यहाँ बालिकाहरूलाई जबरजस्ती यौन व्यवसायमा लगाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

उक्त सूचनाको आधारमा प्रहरीले सोमबार अपराह्नमा छापा मारेको थियो। दुई जना बालिकालाई उद्धार समेत गरी सञ्चालक मल्ललाई पक्राउ गरेको हो । पीडित बालिकाहरूले मंगलबार जाहेरी समेत दिएका छन्।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  १ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।