काठमाडौं
अभिनेता विनोद श्रेष्ठ सिरियल ‘बाचा’ मा देखिएका छन् । उनी शितल केसीसँग पहिलो पटक एउटै सिरियल ‘बाचा’ मा देखिएका हुन् ।
‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’ र ‘प्रहरी अनुरोध’ जस्ता सिरियलमा काम गरिसकेका १७ वर्षपछि कलाकारितामा फर्किएका राज न्यौपानेले कथा लेखेका छन् ।
टेलिचलचित्रमा नायक विनोद श्रेष्ठ, शितल केसी, अस्मिता बस्नेत, रामचन्द्र अधिकारी, कृष्ण केसी, नियुक्ति शेर्पा, सबिता थापालिया, गणेश खनाल, राज न्यौपाने, समिता रिजाल, दीपक सुनार, र कमला श्रेष्ठ (के.सी.) को अभिनय रहेको छ। कलाकार रोशनी सापकोटालाई भाग २ बाट हेर्न सकिनेछ।
रामकृष्ण चौलागाईं र मन्दिप रानामगरले छायांकन गरेको यस सिरियललाई सुबाश देवकोटाले सम्पादन गरेका हुन्।
टेलिचलचित्र ‘बाचा’को टेकेन्द्र कार्की निर्देशन गरेका हुन् । ’जुनेली भाउजु’, ’सिताराम’ , ’चिना’, ’नाम्लो चुरिफुरि’ लगायत सिरियल निर्देशन गरेका कार्कीको निर्देशनमा बनेको यो ९४औं सिरियल हो। “बाचा“ को पहिलो भाग लाई ३ दिनमै १ लाख पल्ट हेरिएको छ र दर्शकहरूबाट समेत सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।
६ चैत्र २०८१, बिहिबार
66
Shares
प्रतिक्रिया