२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


राजधानीमा चलचित्र ‘११ः५५’को प्रिमियरमा देखिएको दृश्य



काठमाडौं
प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘११ः५५’को राजधानीको कमल पोखरीस्थित एक चलचित्र भवनमा भव्य प्रिमियर गरिएको छ ।
प्रिमियरमा थुप्रै कलाकार, पत्रकार, सञ्चारकर्मी र शुभेच्छुकहरु सहभागी भए ।
चलचित्र हेरेपछि पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी,दिपक आचार्यले अन्तिमसम्म बसेर सञ्चारकर्मीहरुसँग बोल्दै चलचित्रको प्रशंसा गरिन् । अभिनेत्री समेत रहेकी करिश्मा श्रेष्ठ, श्रृष्टि श्रेष्ठ, अभिनेता महेश त्रिपाठी र डेब्यू कलाकार सागर खनाललगायत लामो समयसम्म सहभागी सञ्चारकमीहरुलाई चलचित्रको विषयमा धारणा राखे ।
चलचित्र हेर्ने क्रममा अधिकाशंले हल छोडेर फर्केका देखिन्थ्यो । अन्तसम्म बसेर सञ्चारकर्मीहरुसँग प्रतिकृया दिने कलाकार थोरै थिए । चलचित्र हेरिरहेका सहभागीहरुले चलचित्रको दृश्य र संवाद बोल्ने क्रममा कही कतै हुटिङ गरेको सुनिएन । सिटी पनि बजेन ।
चलचित्रको अन्तिम दृश्यि भन्दा ५ मिनेट अघि नै दर्शकले हल छोडेको देखिन्थ्यो । छोटो मध्यान्तरपछि पनि सहभागीहरु क्याफेतिर बरालिरहेको देख्न सकिन्थ्यो ।
चलचित्रमा एउटा घटनालाई केन्द्रविन्दुमा बनाइएको छ । अभिनेता महेश त्रिपाठी, श्रृष्टी श्रेष्ठ, करिश्मा श्रेष्ठ, र डेब्यू कलाकार सागर खनाललगायत पात्रहरुवरपर घुमेको चलचित्र ‘११ः५५’ सस्पेन्स थ्रिलर विधा(जनरा)मा निर्माण गरिएको छ । चलचित्रको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  १२ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।