१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन अस्पतालबाट बलात्कार मुद्दाका थुनुवा फरार



ललितपुर । ललितपुरको पाटन अस्पतालबाट बलात्कार मुद्दाका एक थुनुवा फरार भएका छन् । प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनुवा अछाम घर भएका दीपक साउद बुधबार दिउँसो फरार भएका हुन् । थुनुवा साउद बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको थियो ।

सो क्रममा शौचालय जाने भनेर छिरेका उनी दिउँसो ११ बजेतिर फरार भएका हुन । उनी झ्यालबाट हामफालेर भागेको पाइएको छ ।

फरार थुनुवाको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  १ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।