ललितपुर । ललितपुरको पाटन अस्पतालबाट बलात्कार मुद्दाका एक थुनुवा फरार भएका छन् । प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनुवा अछाम घर भएका दीपक साउद बुधबार दिउँसो फरार भएका हुन् । थुनुवा साउद बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको थियो ।
सो क्रममा शौचालय जाने भनेर छिरेका उनी दिउँसो ११ बजेतिर फरार भएका हुन । उनी झ्यालबाट हामफालेर भागेको पाइएको छ ।
फरार थुनुवाको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।








प्रतिक्रिया