२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा रिजाल



काठमाडौं । राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएकाे छ । २०८१ साल चैत्र ६ गते नेपाल चलचित्र विकास बोर्ड सरस्वती नगर चाबाहिलमा भएको राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी सङ्घ नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएकाे हाे ।

चौथो राष्ट्रिय सम्मेलनवाट नयाँ कार्यसमिति निर्वाचित भएको छ। नव निर्वाचित कार्यसमितिमा अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजाल निर्वाचित भएका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुदिप शर्मा, उपाध्यक्षमा केशरबहादुर रायमाझी, उपाध्यक्षमा उद्धप्रसाद भट्टराई तथा महिला उपाध्यक्षमा पनाह अधिकारी, महासचिवमा सबनम मुखिया, उप माहासचिवमा सरस्वती घिमिरे, सचिवमा माधव पौडेल, सचिवमा अमिर दोग, सचिवमा रिमेश अधिकारी, कोषाध्यक्ष राज बस्नेत निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा सदस्य विशाङ तामाङ, रत्न श्रेष्ठ, अनिता भट्टराई, सरु ढुंगेल, मणि लिम्बु, सुरज आचार्य, डम्बरबहादुर बिक, केशर कार्की, सुरज खड्का लगाएत ५१ सदस्य केन्द्रीय कमिटी सदस्य रहेका छन् ।

 

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  ४ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।