१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेमा उद्धारमा खटिएका दिवंगत सशस्त्रका इन्स्पेक्टरलाई ५ लाख रुपैयाँ दिने निर्णय



काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काभ्रेको रोशीमा विपद् उद्धारमा खटिँदा स्वास्थ्य समस्या भएर ज्यान गुमाएका सशस्त्र प्रहरी इन्स्पेक्टर दिलबहादुर बडूवाललाई ५ लाख दिने निर्णय गरेको छ । गृहमन्त्री रमेश लेखक नेतृत्वको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो ।

असोज ११ र १२ मा आएको अविरल वर्षपछि रोशी गाउँपालिकामा उद्धारमा खटिएका बडूवाल गम्भीर बिरामी परेर उपचारको क्रममा उनको असोज २८ मा मृत्यु भएको थियो । बडूवाललाई सम्मान गर्ने र परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । कार्यकारी समितिको ३० औँ बैठकले खोज तथा उद्धार टोलीको क्षमता अभिवृद्धिका लागी पाँचवटा पाठ्यक्रम पारित गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  ४ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।