१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चन्द्रागिरिमा हिलोमा लत्पतिएर शिशुको शव भेटियो



काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिका–१२, बलम्बुमा एक शिशुको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बिहीबार साँझ ५ बजेतिर बलम्बु मावि पछाडिको बलम्बु खोला किनारमा शव भेटिएको हो ।

प्रहरीका अनुसार, हिलोमा लत्पतिएर वेवारिसे अवस्थामा शव देखेको खबर आएपछि प्रहरी प्रभाग, बलम्बुबाट टोली खटिएको थियो । हालसम्म शवको पहिचान खुलेको छैन भने घटनाबारे खबर आएलगत्तै प्रहरी वृत्त, थानकोटबाट समेत सोको अफिसरहरुको टोली लगेर जाँच गराइएको भनिएको छ ।

 

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  ९ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।