२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘भूठान’को चिया पसल र रेष्टुँराहरुबाट प्रचार अभियान सुरु



चलचित्र ‘भूठान’ले राजधानीका चल्तीका चिया पसल र रेष्टुँराहरुबाट प्रचार अभियान सुरु गर्ने भएको छ ।
हरेक शुक्रवार काठमाडौका चल्तीका चियापसल र रेष्टुँराहरुमा फ्राईडे नाईट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन गर्ने भएको गर्ने भएको हो ।

अभियानको सुरुआत आज साँझ ५ः३० थापाथलीस्थित चियावालाबाट सुरु हुदैछ । यो कार्यक्रममा चियापसलमा आएका जो कसैले आफनो गीत,कविता, मुक्तक, गजल, क्यारिकेचर प्रस्तुत गर्न सक्ने साथै चलचित्र भूठानको टिजर र गीतको समीक्षा पनि गर्न सक्नेछन्।
हरेक हप्ता एकजना सेलिबे्रटीलाई सो कार्यक्रममा ह्यापियस्ट गेस्टको रुपमा निमन्त्रणा गरिनेछ ।
यो हप्ता कवि एवं संचारकर्मी रुपेश श्रेष्ठले प्रमुख अतिथीको रुपमा अन्तिममा आफ्नो प्रस्तुती दिनेछन्। कार्यक्रममा उपस्थित मध्य ३ जनाले लक्की ड्रमार्फत सोही कार्यक्रममै भूठानको टिकट पनि जित्नेछन्।

चलचित्रका एक निर्माता अविरल थापाका अनुसार यो कार्यक्रम गर्नुको अभिप्राय चलचित्रका दर्शकसँग प्रत्यक्ष साक्षात्कर गर्नु , चलचित्रको बारेमा गफ गर्दै मनोरञ्जन गर्नु रहेको बताएका छन् ।
थापाका अनुसार मार्च २० तारिखलाई संयुक्त राष्ट्र संघले अन्तराष्ट्रिय खुशी दिवसको रुपमा मनाउँदै आएको छ र सोही अवसर पारेर वैशाख ५ गतेसम्म खुशीको हप्ता मनाउने कार्यक्रम घोषणा गरिएको हो ।

चलचित्र ‘भूठान’ विदेशमा रहेको आप्रवासीले आफ्नो घर फर्कन नपाएको कथामा विनोद पौडेलले निर्देशन गरेका हुन् भने यसमा हरिवंश आचार्य,दयाहाङ राई,पुजा चन्द,रिचा घिमिरे,अदिती प्याकुरेल,जोयश पाण्डे लगायत हलिउड कलाकार ब्रुस डर्नको पनि अभिनय रहेको छ ।

आगामी वैशाख १२ मा प्रदर्शन हुन लागेको चलचित्र भूठानले

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ७ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।