१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थाई एयरको विमान एक घण्टा आकाशमै फन्को मारेर अवतरण



काठमाडौं । थाइल्याण्डबाट काठमाडौंका लागि आएको थाई एयरको विमान करिब एक घण्टासम्म आकाशमा फन्को मारेपछि मात्रै अवतरण भएको छ। निर्धारित समयभन्दा झन्डै एक घण्टा ढिलो गरी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

स्थानीय समयअनुसार दिउँसो १ः२० बजे अवतरण गर्ने तालिका रहेको उक्त विमान २ः१२ मा मात्र सुरक्षित रूपमा अवतरण गर्न सफल भएको थियो। विमानस्थलमा उडान तथा अवतरणको चाप बढेपछि ट्राफिक व्यवस्थापनमा अवरोध सिर्जना भएको थियो, जसका कारण थाई एयरको विमानलाई केही समय आकाशमै होल्ड गर्नुपर्ने परिस्थिति उत्पन्न भएको विमानस्थलले जनाएको छ।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ४ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।