१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कान्तिलोकपथ स्तरोन्नतीका लागि बोलपत्र आह्वान



चापागाँउ
कान्तिलोकपथ स्तरोन्नती का लागि ठेक्का आह्वान भएको छ ।

आज कान्तिलोकपथ सडक आयोजनाले एक राष्टिय दैनिकमा सूचना प्रकाशित गर्दै ठेक्काका लागि गोप्य बोलपत्र आश्वान गरेको हो । दक्षिण ललितपुर र उत्तरी मकवानपुरका विभिन्न स्थानमा सडक सुधारका लागि सो ठेक्का आह्वान गरिएको हो ।
हेटौडाको सानोपोखराबाट चुच्चेखोला (फुटपाथ र ड्रेन निर्माण) र ललितपुरको छपेली तीनपानदेखि सानोभैसेसम्म सडक सुधारका लागि बोलपत्र आह्वान गरिएको हो ।
सूचना अनुसार वगुवा टाकुर्चे,तीनपाने, भैसेखोला,विर्केधारा टिकाभैरव पहिरो सम्म सडक सुधारका लागि बोलपत्र आह्वान गरिएको हो ।
कान्ति लोकपथ सडक निर्माणको लागि सङ्घीय सरकारबाट २ अर्ब ५२ करोड मध्ये २ अर्ब १७ करोड बराबरको बजेटको टेन्डर आज आह्वान भएको हो ।
यसअघि ५० करोड रकमको स्रोत सुनिश्चित गर्दै टेन्डर आह्वान भइसकेको छ । बाँकी ३५ करोड रकमको टेन्डर निस्कन बाँकी रहेको छ । गत असोज १२ गतेको अविरल बर्षापछि पहिरोका कारण कान्तिलोकपथ क्षतविक्षत भएको थियो ।
पछिल्लो समय काठमाडौंबाट तराई जाने छोटो मार्गको रुपमा परिचित कान्तिलोकपथ ९२ किलोमिटर दुरी पार गरेर आवतजावत गर्न सकिन्छ ।

चैत्र २९ गते १ बजे कान्तिलोकपथ सडक आयोजना कार्यालय कुपण्डेल पसिरमा बोलपत्र खोल्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ६ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।