२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा बोडे बस्ने ओमप्रकाश राई मृत फेला, कान र टाउकोमा चोट



भक्तपुर । भक्तपुरमा एक पुरुष मृत फेला परेका छन्। मध्यपुरठिमी नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्थलको पार्किङमा आइतबार बिहान मृत फेला परेका हुन्।

बिहान ५ः५५ बजे खोटाङको केपिलासगढी गाँउपालिका २ घर भई हाल बोडे बस्ने ६६ वर्षका ओमप्रकाश राई मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।
उनले कवाडीको सामान टिप्ने काम गर्ने खुलेको छ।

उनको दाइने कानको छेउ र टाउकोमा चोट देखिएको छ। प्रहरीले हत्याको आशंकामा अनुसन्धान अगाडि बढाएको छ।

प्रकाशित मिति : ९ चैत्र २०८१, आइतबार  १ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।