२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने सहमति



काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबिच संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति भएको छ । सोमबार सिंहदरबारमा भएको शीर्ष नेताहरूको छलफलमा यस्तो सहमती भएको हो ।

प्रधानमन्त्रीका विज्ञ सल्लाहकारसमेत रहेका एमाले नेता अग्नि खरेलले आयाेग गठनका लागि सर्च कमिटी बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएको जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार खरेल पनि सहभागी थिए ।

यसअघि सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित सर्च कमिटीले आयोग गठनका लागि सदस्यहरु सिफारिस गर्न सकेको थिएन । मिश्र नेतृत्वको समितिले पदाधिकारी छनोट गर्न नसकेपछि सुरुबाटै प्रक्रिया थाल्न लागिएको हो ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ६ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।