काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ढुंगेअड्डा बस्ने २२ वर्षीय अभय गोले छन् । उनको उपचारको क्रममा सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
होलीको विषयलाई लिएर झगडा हुँदा २१ वर्षीय रोहित खड्का, विनय लामा र पर्वित श्रेष्ठले रड, खुकुरी र मुक्काले अर्को पक्षलाई प्रहार गरेका हुन् । उनीहरूको आक्रमणमा परेर मृतक गोले समूहका ३ जना घाइते भएका छन् ।
झडपमा परेर घाइते हुनेमा नागढुंगा बस्ने २३ वर्षीय सन्दीप भुजेल, हेटौँडा घर भएर पुरानो नैकाप बस्ने पवन तामाङ ‘चक्रे’ र चन्द्रागिरि घर भएका २२ वर्षीय पासाङ शेर्पा छन् । उनीहरूको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।








प्रतिक्रिया