८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको नागढुङ्गामा माइक्रोबस दुर्घटना, युवतीको निधन, तीन जना घाइते



काठमाडौं
काठमाडौंको नागढुङ्गामा माइक्रोबस दुर्घटनामा परेर एक महिलाको निधन भएको छ भने तीन जना घाइते भएका छन् ।
आइतबार साँझ सो स्थानमा दुर्घटना हुँदा माइक्रोबस (हाईस)मा सवार हाल वतन नखुलेकी अन्दाजी २५ वर्षीया सबिना गुरूङको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागाढुङ्गा ढलानस्थित सडकमा चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ५५४६ नम्बरको हाईस अनियन्त्रित भएपछि दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
साथै दुर्घटनामा घाइते भएका हाईसमा सवार २ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १ जनाको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ । घाइते तीनै जनाको प्रहरीले नाम खुलाएको छैन ।
माइक्रो बस चालकलाई प्रहरीले कानूनी कारवाहीका लागि नियन्त्रणमा लिएको बताएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  १२ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।