२७ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


सय रुपैयाँ फिर्ता नदिँदा भक्तपुर बोडेमा ओमप्रकाश राईको हत्या



भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोट नजिक पार्किङ स्थलमा मृत भेटिएका ओमप्रकाश राईको हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका ६ का ५७ वर्षीय हिमाल बुढा मगर रहेको प्रहरीले जनाएको छ । मगरले आफूले ढुंगाले हानेर राईको हत्या गरेको बयान दिएका छन् ।

१०० रुपैयाँको विवादमा राईको हत्या गरेको मगरले बताएको भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानले बताए । ‘चैत ९ गते साँझ ओमप्रकाश राई र मैले निलबाराहीस्थित भट्टीमा पाँचरछ गिलास रक्सी खायौं । सुत्न जाने क्रममा ओमप्रकाश राईले मेरो साथमा रहेको सय रुपैयाँ खोसेर लिएपछि मैले फिर्ता मागेको थिएँ । उनले पैसा हातमा च्यापेर बसे, मेरो पैसा फिर्ता नगरेपछि मैले उनलाई भुइँमा लडाएर सोही ठाउँमा रहेको ढुंगा उठाएर पटक पटक टाउकोमा प्रहार गरेर हत्या गरेको हुँ’, हिमालको भनाइलाई उद्धत गर्दै उनले भने ।

खोटाङको केपिलाशगढी गाउँपालिका २ घर भई भक्तपुरको बोडेस्थित कमलपोखरी बस्दै आएका ६६ वर्षीय राई आइतबार बिहानै ५ः५५ बजेतिर निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा मृत भेटिएका थिए ।

 

 

 

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  २ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।