५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न नदिए आन्दोलन गर्ने बालेनलाई कर्मचारी युनियनको चेतावनी



काठमाडौं । स्थानीय तह कर्मचारी युनियन नेपालले काठमाडौँ महानगरपालिकामा देखा परेका समस्या तत्काल समाधान गर्न माग गर्दै चेतावनी दिएको छ । कर्मचारी युनियन अध्यक्ष नरबहादुर साउदले विज्ञप्ति जारी गर्दै २५ चैतभित्र प्रमुख प्रशासकीय अधिकृतको विधिवत् उपस्थिति सुनिश्चित गरी कार्यालय सञ्चालन समुचित प्रबन्ध नहुने हो भने आन्दोलन हुने बताएका हुन् ।

काठमाडौं टावरको नक्सापास विवादमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ जोडिएको भन्दै महानगरले हाजिर गर्न नदिएको विषयलाई इंगित गर्दै युनियनले भनेको छ, ‘मुलुककै राजधानी सहरको समग्र व्यवस्थापन प्रणाली नै ठप्प हुन पुगी सेवा प्रवाहमा जटिलता बढ्दै जाँदा समेत सम्बद्ध पक्षमा वाञ्छित संवेदनशीलता नदेखिनु आफैँमा खेदजनक छ ।’

सामाजिक सञ्जालमा जुहारी नगरी औपचारिक माध्यमबाट सार्वजनिक जवाफदेहिता प्रवर्द्धन गर्न सम्बद्ध पक्षलाई युनियनले आग्रह गरेको हो । ‘विगत केही समयदेखि कार्यालयको कामका सिलसिलामा कर्मचारीलाई केही अनधिकृत मानिसले गैरकानुनी दबाब दिने, निम नस्तरको भाषा प्रयोग गरी कर्मचारीको मानमर्दन गर्ने, त्रासको वातावरण सिर्जना गरी कर्मचारीलाई मनोवैज्ञानिक दबाब दिने र कानुनसम्मत काम गर्न पाउने कर्मचारीको नैसर्गिक हक नियन्त्रण गरी हुकुमी शैलीको प्रशासनिक व्यवस्थापन लाद्न खोज्ने प्रवृत्ति बढ्दै गएको हुँदा त्यस्तो अनुचित कार्यलाई प्रश्रय नदिन र अविलम्ब बन्द गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  १० : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।