काभ्रेपलाञ्चोक
काभ्रेको पनौतीमा बसको ठक्करपछि दक्षिण ललितपुरकी एक बृद्धको निधन भएको छ ।
प्रहरीका अनुसार पनौती नगरपालिका–७ बसपार्कस्थित सडकमा बा.प्र–०१–००३ क ९४८५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–४ कालेश्वर बस्ने ललितपुर महाङकाल गाउँपालिका–२ घर भएका ७० वर्षीया मैया बजगाइको सोमबार दिउँसो निधन भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा निधन भएको प्रहरीको भनाई छ । बस चालकलाई नियन्त्रणमा लिएर कानूनी कारवाही सुरु गरेको जानकारी दिएको छ ।
१२ चैत्र २०८१, बुधबार
304
Shares
प्रतिक्रिया