काठमाडौं
नेपाली दर्शकमा सर्वाधिक चर्चामा रहेका कमेडियन हुन् अर्जुन घिमिरे (पाँडे)। उनलाई आफ्नो वास्तविक नाम भन्दा पनि हास्य टेलिश्रृंखला‘सक्किगोनी’का पात्र पाँडे भनेर चिन्ने गरेका छन् । यसै श्रृखंलाका निर्देशक समेत रहेका पाँडेको टिमले चलचित्र ‘लाज शरणम्’निर्माण गर्यो । यसमा मुख्य कलाकारमा उनी नै छानिएका थिए ।
एक दशक लामो समयदेखि एउटै श्रृंखलामा कथा लेखन,निर्देशनका साथै निर्देशन गर्दै आएका पाँडे र कुमार कट्टेल (जिग्री)बीचको दोस्ती गज्जबै चल्दै थियो । त्यहीँ भएर कुमारकै कथामा चलचित्र निर्माणको तयारी थाले ।
जब चलचित्रको हिरो को राख्ने भन्नेमा चर्चा चल्यो । कहिले भारतिय अभिनेता गोविन्दादेखि विजय बरालसम्मको चर्चा चल्यो । यसमा पाँडेको आफ्नै दरिलो भुमिका खेलेको हल्ला थियो । त्यसैबीचमा चलचित्रको छायांकनको समय आइपुग्दा सोनालाल पात्र भेटाउन भेटिएनन् । जिग्री(कुमार कटटेल) बाठा थिए । उनले आफ्नै दाई (सीताराम कट्टेल, धुर्मुस)लाई खेलाउने निधो गरे । विदेश कार्यक्रम पुगेका दाजु भाउजुलाई बोलाए चलचित्र खेलाए ।
जब चलचित्र प्रदर्शनमा आयो तब त्यो हाइप बोकेका पाँडेको न चर्चा भयो न हल्लै चल्यो । निर्माण टिमबाट सोनालाल पात्र सीताराम कट्टेलकै चर्चा चुलियो । बरु महेश त्रिपाठी र रेणुनाथ योगीको कामको तरिफ सुनियो । तर सक्किगोनीका पाँडेलाई दर्शकले नोटिस नै गर्न सकेनन्। अझ के भनौ भने कुमार(जिग्री)ले दाई धुर्मुसलाई हिरो बनाउँदा पाँडे त उहीँ बिचरा बने।
त्यो हाइप बोकेका पाँडेको भुमिका आफ्नै चलचित्रमा बिचरा बन्यो । हुनुमा कतै खोट त छै ? भन्ने शंका गर्ने ठाँउ भेटिएको छ । यसमा बिचरा पाँडे भन्न बाहेक के नै सकिन्छ र हैन ? जे होस अर्को पटक चलचित्र निर्माण गर्दा बिचार पुर्याए हुन्थ्यो । नत्र त खै के ? खै के होला नि है ??
१२ चैत्र २०८१, बुधबार
354
Shares
प्रतिक्रिया