५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चाङ्गाथली–लुभु जोड्ने मुल सडक धमाधम कालोपत्रे



ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–७ को चाङ्गाथली – लुभु जोड्ने मुल सडक धमाधम कालोपत्रे भइरहेको छ । करिब १ कि.मि सडक खण्डमा बुधबारदेखि पिच गर्ने काम सुरु भएको छ। नगर प्रमुख हतिगोबिन्द श्रेष्ठ,नगर उपप्रमुख लक्ष्मी महर्जन,वडा अध्यक्ष बाबुराजा महर्जन लगायतका जनप्रतिनिधि र प्राविधिक कर्मचारीको टोलिले फिल्डमै पुगेर अनुगमन तथा निरीक्षण गरेको छ।

लामो समय देखि कालोपत्रे नहुँदा धुँलोले नागरिकलाई सास्ती खेप्नु परेको थियो। अब भने यो समस्या समाधान भएको र चुनावी बाचा अनुसारको काम गरेको वडा अध्यक्ष बाबुराजा महर्जनले बताए। यो सडकको निर्माणले लुभु–चाङ्गाथली–बालकोट सडक यात्रामा थप सहज हुने अपेक्षा राखिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ४ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।