प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुुभकामना अर्पण गरेका छन् ।
प्रधानमन्त्री निवास बालुुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन भएकोमा राम्रो सन्देश दिएको विचार व्यक्त गरेका छन् । प्रधानमन्त्री ओली नवनिर्वाचित कार्यसमितीलाई व्यावसायिक, वैचारिक र साङ्गठनिक काममा सक्रिय हुन आग्रह गरेका छन् ।
यही चैत १० देखि १२ गतेसम्म विराटनगरमा भएको चौतारीको दसौँ राष्ट्रिय महाधिवेशनबाट गणेश पाण्डेको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको थियो ।
प्रधानमन्त्री ओलीले झुुठबाहेक केही नबोल्ने र अरुलाई आरोप लगाउनेहरुबाट बचेर देशको समृद्धि र सामाजिक सद्भाव एवं एकताका लागि सञ्चार क्षेत्रबाट योगदान दिन निर्देशन दिएका छन् ।
भेटका अवसरमा चौतारीका अध्यक्ष गणेश बस्नेत,नवनिर्वाचित अध्यक्ष गणेश बस्नेत, पूर्वअध्यक्ष राजेन्द्र अर्याल, वरिष्ठ नेता विश्वमणि सुवेदीलगायत सहभागी भएका थिए ।








प्रतिक्रिया