१८ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुनःस्थापनाको माग गर्दै कुलमानको सर्वोच्चमा रिट, शुक्रबार पेसी



काठमाडौं । कुलमान घिसिङको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले रिट सर्वोच्च अदालतमा दर्ता गरेका हुन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाइ दायर गरिएको हो । उनले दायर गरेको रिटमा कार्यकारी निर्देशकमा पुन:स्थापना गर्नुपर्ने माग राखिएको छ ।

उनले गैरकानुनी रूपमा आफूलाई हटाइएको जिकिर गरेका छन् ।उक्त रिटमाथि शुक्रवार प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ३ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।