काठमाडौं
आज राजधानी काठमाडौंमा गणतन्त्रवादी र राजावादीहरुले प्रदर्शन गर्दै छन् । आज विहान ११ बजे गणतन्त्रवादीहरुले काठमाडौंको भृकुटी मण्डपमा राजावादीहरु तीनकुनेमा प्रर्दशन गर्न लागेका हुन् ।
राजावादीहरुको नेतृत्व पूर्वपञ्च नवराज सुवेदी र कमाण्ड मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका छन् ।
केही दिनअघि पुर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कदा स्वागतमा जम्मा भएको भीड र समाजवादी मोर्चाका ठूला दलहरुको प्रर्दशनका कारण आज राजधानीमा ठूलै भीड जम्मा हुने अनुमान गर्न सकिन्छ ।
गणतन्त्रको पक्षधर समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी भन्दै प्रर्दशन गरेको हो भने राजावादीहरुले संवैधानिक राजसंस्था पुनस्र्थापनाका लागि प्रदर्शन गर्न लागिएको जनाएका छन् ।
दुई पक्षले एकै दिन राजधानीमा प्रर्दशन गर्न लागेकाले सरकारले उच्च सुरक्षा सर्तकता अपनाएको छ । दुबै पक्षका प्रर्दशनकारीको जम्काभेट नहुने गरेर रुपहरु निर्धारण गरिएको छ । गण्तन्त्रवादीहरुको जुलुसलाई चक्रपथभित्र र गणतन्त्रबादीहरुलाई चक्रपथबाहिर भेला पार्न भनिएको छ ।
गणतन्त्रबादीहरु ‘भ्रष्टाचार र बेथितिका विरुद्ध डेढ लाख गणतन्त्रवादी एकै ठाउँ’ नाराका साथ प्रर्दशनमा उत्रने तयारीमा छन् । उनीहरु करिव १ लाख नेता कार्यकर्ता भेला पारेर प्रर्दशन गर्ने योजनामा छन् ।
प्रर्दशनपछि सम्बोधनका लागि भृकुटीमण्डप रत्नपार्क सडकमै स्टेज निर्माण गरिएको छ ।
ठूला शक्तिहरु नै एकैदिन प्रर्दशनमा उत्रन लागेपछि राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने निश्चित छ ।
अप्रिय घटना हुन नदिन राजधानीमा ठूलो संख्यामा शसस्त्र र जनपथ प्रहरी परिचालन गर्दैछ ।
राजावादीहरुको भक्तपुरतर्फबाट कोटेश्वर हुँदै तीनकुनेतर्फ जुलुस आउनेछ । राजावादीहरुको जुलुस चक्रपथ केन्द्रित हुनेछ ।
यता समाजवादी मोर्चाको जुलुस भने रिङरोड भित्रका विभिन्न चोकबाट अघि बढेर भृकुटीमण्डप पुग्नेछ । बबरमहल,माइतीघर, कुपन्डोल,थापाथली, त्रिपुरेश्वर,सोह्रखुट्टेलगायत ठाँउबाट जुलुस अघि बढ्नेछ ।
प्रतिक्रिया