आजको सुखद शुक्रबार(गुड फ्राइडे) चलचित्र ‘डोरी’को प्रर्दशनबाट सुरु भएको छ ।
शुक्रबार आधा छुट्टी हुने, शहरबासीले गुड फ्राइडे मनाउने र भोली शनिबारको छुट्टी मनाउन हलमा चलचित्र हेर्ने संस्कृतीका कारण हरेक शुक्रबार नयाँ नयाँ चलचित्र प्रर्दशन हुने गरेको छ ।
चलचित्र ‘डोरी’ नेपालभरका १२० वटा हलहरुमा प्रर्दशन भइरहेको छ । हलहरुमा द्रौपदी, होस्टेल ३, अञ्जिला,राजागञ्ज र लाजशरणम्जस्ता चलचित्र प्रर्दशन भइरहेको सन्दर्भमा यस चलचित्रले देशभरका करिव ३ सय ५० हलहरुमध्ये १ सय २० हलमा शो पाएको छ ।
चलचित्र हेर्न १६ बर्ष मुनिका वालवासलका एक्लै हलमा प्रवेश नपाउने भएका छन् । केन्द्रीय चलचित्र जाँच पास समितिले ‘पिजी’ प्रमाणपत्र दिएका कारण वालवालिकाहरुले आफ्ना अभिभावनका साथ यो चलचित्र हेर्न पाउछन् ।
आज राजधानीमा गणतन्त्रवादी र राजतन्त्रवादीको विशाल प्रर्दशनका कारण चलचित्र हेर्ने दर्शक न्युन छ ।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका छन् । चलचित्रमा उनी आफैँ मुख्य भूमिकामा अभिनय गरेका छन् । उनको साथमा कलाकारहरु प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्र ‘डोरी’ सामाजिक कथामा हास्य रस, थ्रिल र हररलाई मिश्रण गरी निर्माण गरेको उनी बताउछन् ।
चलचित्रका निर्माता दिनेश भट्टराई रहेका छन् भने कार्यकारी निर्माता राज थापा हुन् ।
१४ चैत्र २०८१, शुक्रबार
24
Shares
प्रतिक्रिया