काठमाडौं
पछिल्लो समय अभिनेत्री पुजा शर्माका चलचित्रहरुको टिकट बिकेनन् । तर, बोली चाही युट्युवमा भयङ्कर नै बिक्रि भयो । धेरै युट्युवरले उनको अन्र्तवार्ताबाट कमाए ।
सधैं विवादमा रमाउने पुजा शर्माका धेरै भिडियो क्लिपहरु सामाजिक सञ्जालमा भाइरल छन् । चर्चा हेर्दा उनी चलचित्र क्षेत्रमा सुपरहिट नायिका झैं लाग्छ । तर उनको चलचित्र हेर्न जाने दर्शक भेट्नै मुस्किल छ ।
बेला बेलामा उनको बोली प्रतिश्पर्धी नायिकाहरुतिर सोझिन्छ । कतिपय नायिका उनको रवाफिलो बोलीको गोली फर्काउने प्रतिक्षामै हुन्छन् । अभिनेत्री पुजाको रवाफ चलचित्र चल्न थालेपछि बढ्छ । चलचित्र ‘म यस्तो गीत गाउँछु’ रजतपटमा हिट बनेपछि उनको सानसौकत यस्तै देखियो ।
चलचित्र चलेपछि पुजाको रवाफ बढे पनि चलचित्र हराएसँगै उनको अत्तोपत्तो हुन्न । धेरैले ‘उनको फण्डा र गसिप चलचित्र चलाउने हतियार हो’ भन्छन् ।
यो बर्ष उनका दुई चलचित्र प्रर्दशन भए–‘दान्भी’ र ‘रावायण’ । दुवै चलचित्रले पानीको ‘पा’ समेत मागेनन् । चलचित्रले दर्शकको मायाँ नपाउदा निर्माताले घाटा व्यर्होर्न बाध्य भए । निर्देशकको काम बिकेन । करिअरमा धक्का लाग्यो । आफै निर्माता रहेको चलचित्र ‘रावायण’को घाटा सहन नसकेर उनी लामो समयसम्म मिडियाभन्दा बाहिरै बसिन् ।
तर पछिल्लो समय उनी चलचित्रतिर आँखा लगाउदैछिन् । शिवम् अधिकारीले लेखिरहेको चलचित्रमा रेखा थापासँग उनको अभिनय हेर्न पाउने चर्चा छ । नयाँ चलचित्रको तयारीसँगै उनी सञ्चारमाध्यमहरुमा अनुहार देखाउदैछिन् । उनको नयाँ चलचित्र फ्लपको श्रृखला नबनोस् । ठ्ट्टै ठट्टामा चलचित्र मात्रै होइन । करिअर नै फ्लप होला है !
‘फ्लप’ अभिनेत्री पूजा शर्माको ‘चुरीफुरी’ देख्न नपरोस्, शुभकामना !!!
प्रतिक्रिया