मनहरी (मकवानपुर)
मकवानपुरको मनहरी गाउँपालिका–६, लोथर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।
आज बिहान चितवनबाट हेटौँडातर्फ जाँदै गरेको बा प्र ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०३–००१च ३०१२ नम्बरको जीप एकापसमा ठोक्किँदा जीपका चालक ३२ वर्षीय सन्देश कोइरालाको निधन भएको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–४ घर भएका चालक कोइरालाको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । उनको चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया