काठमाडौं
सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।
आज शुक्रबार साताको अन्तिम दिन सुनको मूल्यमा एकै दिन प्रतितोला १ हजार ४ सयले बढेर रेकर्ड बनाएको हो ।
सुनचाँदी व्यावसायी संघका अनुसार अघिल्लो दिनको तुलनामा शुक्रबार मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेर १ लाख ७६ हजार २ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँ रहेको थियो ।
चाँदीको भाउ आज तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया