काठमाडौं । काठमाडौंको तीनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
दुर्गा प्रसाईंको नेतृत्वमा प्रदर्शनका लागि तीनकुने पुगेकाहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
राजसंस्था पक्षधरहरू तीनकुनेबाट नयाँ बानेश्वरतर्फ जान खोज्दा प्रहरीसँग झडप भएको थियो । अश्रुग्यास प्रहारपछि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रतिक्रिया