काठमाडौं । प्रदर्शनकारीहरूले कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड गरेका छन्।
राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरबितर भएको उक्त समूहले सुरक्षा गार्डमाथि हातपात गर्दै सुपरस्टोरभित्र प्रवेश गरेको थियो। त्यसपछि उनीहरूले सामान लुटपाट गरी बाहिर निकालेर आगजनीसमेत गरेका थिए।
सञ्चालकले सुरक्षा माग गर्दै प्रहरीलाई बोलाए पनि प्रहरी समयमै नआएको गुनासो गरेका छन्।
यसैबीच, सोही समूहले तीनकुने नजिकैको आलोकनगरमा रहेको एकीकृत समाजवादीको कार्यालयमा पनि आगजनी गरेको छ।
प्रतिक्रिया