काठमाडौं । राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा एक जना पत्रकारको मृत्यु भएको छ। तीनकुनेस्थित एक घरमा प्रदर्शनकारी लगाएको आगोमा परी एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको हाे । उनी विगत ५ वर्षदेखि क्यामरा पर्सनको रूपमा एभिन्युज टेलिभिजनमा कार्यरत थिए। रजकले उक्त आगलागी भएको घरको छतमा बसेर प्रदर्शनकारीहरूको भिडियो बनाइरहेका थिए। सोही घरमा प्रदर्शनकारीले आगो लगाएपछि उनी जलेका थिए।
प्रतिक्रिया