१८ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राजावादीको आन्दोलनको क्रममा हिंसात्मक झडपमा परी दुईं जनाको मृत्यु, ३५ घाइते



काठमाडौँ
पूर्वराजा ज्ञानेन्द्र शाहका सर्मथकहरूले आज काठमाडौँको तीनकुने क्षेत्रमा गरेको हिंसाक प्रदर्शनका क्रममा भएको झडपमा दुई जनाको मृत्यु छ भने ३५ जना घाइते भएका छन् ।

गृह मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले प्रदर्शनका क्रममा भएको झडपमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जानकारी दिएका छन् । साथै तीनकुनेस्थित एक भवनमा आगजनीमा परेर एभ्यिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेस रजकको मृत्यु भएको छ ।

“झडपमा घाइते भएका महर्जनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो”, सहसचिव रिजालले भने, “काठमाडौँका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा ३५ जना घाइते भएका छन् ।”

गृह मन्त्रालयका अनुसार प्रदर्शनकारीतर्फ २३, सशस्त्र प्रहरीतर्फ नौ र नेपाल प्रहरीतर्फ तीन जना घाइते भएका छन् । आन्दोलनका प्रमुख दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउनुका साथै आजको आन्दोलनबाट भएको क्षतिको जिम्मेवारी आयोजकले लिनुपर्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।