२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पाथीभरामा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम हाललाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

यामबहादुर लिम्बुलगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म पाथीभरामा केबलकार निर्माणको यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो।

रिटमा उल्लेखित विषयवस्तुलाई हेर्दा दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेशबारे निर्णय गर्न उपयुक्त हुने ठहर बुधबार सर्वोच्चकी न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले गरेको छ। अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा चैत २६ गते डाकिएको छ।

 

 

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  १ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।