१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौंको कुनै मन्दिरमा छु, भागेको छैनः दुर्गा प्रसाईं



काठमाडौं । प्रहरीले खोजिरहेका राजावादी प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंले भिडियो सन्देश जारी गरेका छन् ।

प्रसाईले आफ्नो महाअभियान फेसबुकमार्फत आइतबार (चैत १७) भिडियो सन्देश जारी गरेका हुन् । गत शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राज्यले आफूलाई मार्ने उद्देश्यले हिंसा भड्काएको र दमन गरेको उनले आरोप लगाएका छन् ।

निजी घरको छतमा प्रहरी जाँदा अवस्था बिग्रेको उनको भनाइ छ । त्यस दिन तीनकुनेमा आफ्नो कानको छेउबाट गोली गएको उनले बताएका छन् । आफू हाल काठमाडौंको कुनै एक मन्दिरमा बसेको उनले जिकिर गरेका छन् । आफू नभागेको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  २ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।