१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कर्मा’का चर्चित गायक दुर्गेश थापा गाए गीत



काठमाडौं
पछिल्लो पुस्ताका चर्चित गायक दुर्गेश थापाले चलचित्र ‘कर्मा’का लागि गीत गाएका छन् ।
सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कर्मा’का लागि दुर्गेशले गीत गाएका हुन् । दुर्गेश स्वयंले आफूले कर्माको गीत गाएको जानकारी दिएका छन् ।
केही दिनअगाडि दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडियो छायांकन भएको छ । दुर्गेशको गीत चलचित्रभित्रै समावेश हुने बताइएको छ ।
दुर्गेशकले गाएको गीतमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाललगायतको अभिनय देखिनेछ । निर्माणपक्षका अनुसार केही दिनमा उक्त गीत सार्वजनिक हुनेछ ।
नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते प्रर्दशन हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रर्दशन हुँदैछ ।

चलचित्र ‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।
निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  १२ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।