५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राजकुलो मर्मत गर्न ललितपुर महानगरले गोदावरीलाई दियो डेढ करोड सहयोग



ललितपुर । ललितपुर महानगरपालिकाले गोदावरी नगरपालिकालाई राजकुलो पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
गोदावरी नगरपालिकामा पर्ने टिकाभैरव राजकुलो पुननिर्माण तथा मर्मत सम्भार गर्न ललितपुर महानगरले १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सहयोग आदानप्रदानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । असोज दोस्रो साताको बाढीले गोदावरी नगरपालिकाको अधिकांश भौतिक संरचना ध्वस्त बनाएको छ । राजकुलो बिग्रिएका कारण पोखरी, ढुंगेधारा सुक्दै गएका छन् । तरकारी र हिउँदे बालीको उत्पादन न्यून भएको छ ।

गोदावरी नगरपालिकाका प्रमुख महर्जनले राजकुलो पुनर्निर्माण र मर्मत गर्न सहयोग गरेकोमा महानगर परिवारलाई धन्यवाद दिए । गोदवारी नगरपालिकालाई नेपाल सरकारले असोज दोस्रो साताको बाढीले पु¥याएको बाढीले पु¥याएको क्षतिलाई आकंलन गरेर संकटग्रस्त पालिका घोषणा गरेको छ ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले राजकुलो ललितपुर जिल्लाको ऐतिहासिक सम्पदा भएको बताउँदै सम्पदा जोगाउन सहयोग गरेको बताए ।

उनले भने, ‘ पोखरी र ढुङेधारामा पानी सुक्न नदिन राजकुलोको धेरै भूमिका हुन्छ , यो राजकुलोको कारण ललितपुर महानगरभित्रका धेरै पोखरी र ढुंगेधारामा निरन्तर पानी आएका छन् । ’

यसैगरी ललितपुर महानगरले गोदावरी नगरपालिकालाई गत असोजमा गएको बाढी प्रभावितको सहयोगार्थ ५० लाख रुपैयाँ र छिमेकी पालिका परियोजनालाई प्रदान गरिने ५० लाख गरी थप एक करोड पनि सहयोग गरेको छ ।

 

 

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  १ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।