२४ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


चलचित्र ‘पिताम्बर’को दमदार ट्रेलर सार्वजनिक



काठमाडौं
यही नयाँ बर्षको पुर्वसन्ध्याबाट प्रर्दशनको तयारीमा रहेको चलचित्र पिताम्बरको ट्रेलर सार्वजनिक गरिएको छ ।
राजधानीको कमलपोखरीस्थित एक चलचित्र भवनमा औपचारिक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको ट्रेलर एक्सनले भरिएको छ ।
‘जव जव एउटी नारीको अस्मितामाथि प्रश्न उठ्छ, त्रेतायुगमा राम द्वापर युगमा राम र कलि युगमा पिताम्बरको जन्म हुन्छ’ भन्ने संवादबाट सुरु भएको टे«लरमा अभिनेत्रीहरु सुरक्षा पन्त, सुपुष्पा भट्ट र दिव्या रायमाझीको फुटेज देखाइएको छ ।

चलचित्रको ट्रेलरबाट नारी अस्मिताका लागि संर्घषका कथा रहेको प्रष्ट हुन्छ । परासी शहरमा अभिनेता प्रदिप खड्काको दमदार एक्सन,विदेशी चलचित्रमा विरलै देखिने मध्यशहरमा बम बारुदको विस्पोट र सुन्दर सिनेमेट्रोग्राफीको प्याकेजको रुपमा ट्रेलर आएको छ ।
नेपाली चलचित्र क्षेत्रका नाम चलेका कलाकारहरुको भीड रहेको ट्रेलरमा सबैजसो कलाकारहरु अटाएका छन् ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा चर्चित अभिनेताहरु प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाहीसँगै अभिनेत्रीहरु सुरक्षा पन्त, गौरी मल्ल, सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायतको अभिनय रहेको छ ।
चलचित्रमा रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको पनि अभिनय छ ।सिनेमामा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।
विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् ।
प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद रहेको चलचित्र पिताम्बरमा पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ९ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।