२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘न्यू इयर इभ’मा भक्तपुरमा गुञ्जदै रामकृष्ण ढकाल



काठमाडौं । गायक रामकृष्ण ढकालले नेपाली नयाँवर्ष २०८२ सालको पूर्वसन्ध्यामा भक्तपुरमा प्रस्तुति दिने भएका छन् । गट्ठाघरस्थित जर्मन होम्समा आयोजना हुने ‘न्यू इयर इभ’मा उनी गुञ्जिने तय भएको हो ।

कार्यक्रमको नाम ‘न्यू इयर इभ एट जर्मन होम्स विथ रामकृष्ण ढकाल’ राखिएको छ । होस्टको रुपमा रीमा विश्वकर्मा हुनेछिन् । ढकालसहित अन्य राष्ट्रिय कलाकारले समेत प्रस्तुति दिने जनाइएको छ ।

कमेडी, साल्सा नृत्य र डिजे सत्र पनि हुने जनाइएको छ । रामकृष्णलाई सुन्न २ हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकको छ । दर्शकले खल्ती एपबाट टिकट काट्न सक्नेछन् । सहभागी हुने दर्शकमध्ये एकलाई थाइल्याण्ड भ्रमणको अवसर प्रदान गरिने जनाइएको छ ।

 

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ३ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।