२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘पीताम्बर’मा अभिनेता प्रदिप र निर्देशक कृषा दुबैलाई चुनौती



 

काठमाडौं
नयाँ बर्षको छेको पारेर आगामी चैत्र २९ गतेदेखि चलचित्र पिताम्बर प्रर्दशनको तयारीमा छ ।
द्वन्द्वप्रधान चलचित्र निर्माणअघि चलचित्रका मुख्यपात्र प्रदिप खड्का र निर्देशक कृषा चौलागाई दुबैले चुनौती पार गरेको खुलासा गरे ।
पहिलोपल्ट द्वन्द्वप्रधान चलचित्रको निर्देशन गरेकी कृषा र अभिनेता खड्काको पनि पहिलो एक्सन चलचित्रलाई सफल बनाउन मेहनत जरुरी रहेको बताए ।
राजधानीमा चलचित्रको प्रचार सामाग्री ट्रेलर सार्वजनिक पछि अभिनेता प्रदिप खड्काले आफू द्वन्द्वमा उत्रन सक्ने वा नसक्नेमै दोधारमा रहेको बताए । भने, ‘सधै लभस्टोरीमा काम गरेको कारण तालिम जरुरी थियो ।’
उनले आफूले पहिलोपल्ट एक्सन चलचित्र निभाउन कडा मेहनत गरेको बताए ।
चलचित्रकी निर्देशक कृषा चौलागाईंलाई पनि द्वन्द्वप्रधान चलचित्र निर्देशन गर्नु चुनौती थियो । महिला निर्देशक हुँदैमा विधागत रुपमा कमजोर ठान्नेलाई आफ्नो कामले जवाफ दिएको उनले तर्क गरिन् ।
कार्यक्रममा पत्रकारको जवाफदिने क्रममा उनले भनिन्“यति धेरै कलाकार र प्राविधिकलाई लिएर एउटी महिला निर्देशकले कसरी काम गर्न सक्छिन् भन्ने प्रश्न धेरैको थियो । महिला भएकै कारण सामाजिक विधामा मात्र चलचित्र बनाउन सक्छन भन्नेलाई मैले कामले जवाफ दिएको छु”, उनले भनिन् ।
चलचित्रमा अभिनेता खड्कासँगै दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्टलगायतका कलाकारले अभिनय गरेका छन् ।

विशाल चौलागाईं निर्माता रहेको यस चलचित्रमा पुरुषोत्तम प्रधानले छायाङ्कन निर्देशक, प्रदीप भारद्वाज र अभिमन्यु निरवीले पटकथा र संवाद लेखन, शेरबहादुर लामा र मानकृष्ण महर्जनले छायाङ्कन, बन्दे प्रसादले सम्पादन, आशीष अविरल र बाबुल गिरीले सङ्गीत सिर्जना, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ३ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।