५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गुरागाईंको कार्यकक्ष अगाडि तनाव, ढोका फोड्ने कर्मचारीको प्रयास



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास गरेका छन्। बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो ।तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै र्काकक्षसम्म पुर्‍याएका छन् ।

तर, त्यहाँ पनि ढोका लगाएपछि उनीहरूले अहिले ढोका फोड्ने प्रयास गरिरहेका छन्। गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ । यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका हुन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  १२ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।