२४ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीको जमलमा सेतो मच्छिन्द्रनाथको जात्रा विदेशी पर्यटकहरुलाई देखाइने



काठमाडौ
राजधानीको जमलमा विदेशी पर्यटकहरुलाई सेतो मच्छिन्द्रनाथको जात्रा देखाइने भएको छ । पर्यटन बोर्डको संयोजनमा पहिलो दिन आउँदो आइतबार जमलमा रथजात्रा अवलोकन गराउने कार्यक्रम राखिएको हो ।

यस वर्षसेतो मच्छिन्द्रनाथको जात्रा यही चैत २३ गतेदेखि सुरु हुँदैछ । स्थानीय भाषामा जनबहाः द्यः पनि भनिने यस देवतालाई बौद्धहरूले आर्यावलोकितेश्वर वा करुणामयको रुपमा पुज्छन् ।

हरेक वर्ष पौष शुक्ल पक्ष अष्टमीका दिन महास्नान गराई मनाउन सुरु गरिने जात्राको व्यवस्थापन यस वर्ष पनि जनबहाःद्यः रथ जात्रा व्यवस्थापन समितिले गरिरहेको छ । समितिले पछिल्लो १३ वर्षदेखि रथजात्राको व्यवस्थापन गरिरहेको छ । समितिका अनुसार यस वर्ष जात्रा व्यवस्थापनका लागि विभिन्न २० वटा उपसमितिहरु गठन गरिएका छन् ।

जनबहाःद्यः रथ जात्रा व्यवस्थापन समितिका सचिव सुजिव बज्राचार्यले यस वर्ष रथजात्राको पहिलो दिन चैत २३ गते तीनधारा पाठशाला जमलबाट रथ तानेर असन पु¥याइने बताएका छन् । साथै चैत २४ गते रथलाई असनबाट हनुमानढोका पु¥याइनेछ भने चैत २५ गते हनुमानढोकाबाट लगनटोल पु¥याइनेछ । चैत २६ गते रथलाई तानेर आर्यावलोकितेश्वर (करुणामय) को आमा भनिने लगन टोलको डबलीको बीचमा रहेको रूखलाई तीनचोटि परिक्रमा गराइन्छ । चैत २७ गते लगन टोलबाट बेलुकीपख खटमा राखी आर्यावलोकितेश्वरलाई पुनः जनबहाःस्थित आफ्नै मन्दिरमा फर्काउने कार्यक्रम रहेको उनले जानकारी दिएका छन्।

समितिका सचिव बज्राचार्यले का अनुसार यस वर्ष असन पु¥याउने काम ‘याः न्याःयेकेगु’ सम्पन्न भएपछि बेलुकी दर्शनका लागि राष्ट्रपति रामचन्द्र पौडेल आउने तालिका छ ।
यस जात्रालाई काठमाडौँको सबैभन्दा ठूलो रथ जात्राका रूपमा लिइन्छ । यो जात्राको समाप्तिसँगै देशका अरू भागहरुमा अन्य रथजात्राहरु सुरु हुने भएकाले यस जात्राको विशेष महत्व छ ।

 

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ८ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।