काठमाडौं । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक तिब्बती महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२७ महाबौद्धबाट चिनियाँ नागरिकलाई २० लाख ९२ हजार नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
पक्राउ पर्नेमा तिब्बत घर भई काठमाडौंको बौद्ध बस्ने २६ वर्षीया रिक्शी वाङ्मो छन् । उनलाई प्रहरी वृत्त जनसेवाको टोलीले महाबौद्धबाट २० लाख ९२ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया