२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कर्मा’को ट्रेलरभित्र पारिवारिक प्रेम, भ्रष्ट समाज र द्वन्द्वको समिश्रण



काठमाडौं
नयाँ बर्षको पुर्वसन्ध्यामा प्रर्दशन आरम्भ हुने चलचित्र ‘कर्मा’को ट्रेलर सार्वजनिक गरिएको छ ।
राजधानीको ठमेलस्थित एक चलचित्र भवनमा आज बिहीबार औपचारिक कार्यक्रम आयोजना गरेर निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरभित्र पारिवारिक प्रेम, भ्रष्ट समाज र द्वन्द्वको समिश्रण रहेको पाइएको छ । चलचित्रको ट्रेलर हेर्दै दर्शकलाई भावुक बनाउछ । चलचित्रमा आमाको भूमिका निभाएकी सरिता गिरीले छोराको मातृत्वभावमा आँशु बगाएको देखिएको छ भने छोराको भूमिकामा रहेका विपिन कार्कीले ‘सबैभन्दा ठूलो कुरा त तपाईले दिने आर्शिवाद पो हो त मेरो लागि’ भन्दै श्रद्धा प्रकट गरिरहेको छन् ।

अभिनेत्री उपसनासिंह ठकुरी दाईको भूमिकामा रहेका मुकुन भुसाललाई बन्दुक ताकेर भावनात्मक संवाद बोलेको र अंश र बंशको साइनोका विभिन्न संवादबाट चलचित्रमा पारिवारीका कथा रहेको प्रष्ट हुन्छ ।
अभिनेता विपिक कार्की गज्जव एक्सन अवतारमा प्रस्तुत भएको देखिन्छ भने चलचित्रका डिओपी सञ्जय लामाको क्यामेराको कमाल ट्रेलरमै देखिएको छ ।
ट्रेलरमा सिनेमाका मुख्य कलाकार अटाएका छन् । विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत कलाकार अटाएको ट्रेलरमा एक्सनले प्रधानता पाएको छ ।

सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष र सिधा युवालाई कुन हदसम्म अपराधि बनाउछ भन्ने देखाउन खोजिएको छ भने पात्रहरु प्रहरी हिरासतसम्म पुगेको दृश्य छ ।

अभिनेता विपीन पहिलो पल्ट एक्सनमा उतारेका निर्देशक सौरभ चौधरले पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन् ।

‘कर्मा’मा विपीन, उपासना मुकुन र सरितासँगै दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने यस चलचित्र ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ९ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।