२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘जलाकी’ निर्माण घोषणा, बागलुङमा छायांकन गरिने



काठमाडौं । यस वर्षको हिट सिनेमा ‘खुस्मा’ निर्माण टिमले नयाँ सिनेमाको घाषणा गरेको छ। अशोक थापा मगरले निर्देशन गर्ने सिनेमाको नाम ‘जलाकी’ राखिएको छ। सिनेमाको टाइटल मोसन पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरिएको हो।

पोखराको विन्ध्यावासिनी मन्दिरमा शुभ मुहूर्त गरिएको सिनेमाको छायांकन बागलुङको कालिका भगवती मन्दिरमा भैइरहेको छ। त्रिकोणात्मक प्रेम कथामा आधारित यो सिनेमामा ‘शाम्बाला’ फेम्ड अभिनेता सोनाम तोप्देन, उपासना सिह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भूमिका छ। गायक सुशान्त केसीको चर्चित गीत बार्दलीबाट उदाएकी मोडल आकृति राजभण्डारीको ‘जलाकी’ डेव्यु चलचित्र छ।

कसैको सम्झना र मायाको प्रतिकको रूपमा मानिने ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भ बुझाउँछ। यो सिनेमाको छायांकन तिन चरणमा निर्देशक अशोक थापा मगरले बताए। रुकुम, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भूभाग र दक्षिण कोरियामा समेत छायांकन गरिने यो सिनेमाले मगर र गुरुङ समुदायको संस्कृत्तिलाई झल्काउने छ।

एम मिडिया प्रालिको व्यानरमा निर्माण हुन लागेको सिनेमाका निर्मातामा ओम घर्तीमगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना) मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन्।

सिनेमामा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्कबहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ। अन्य केही कलाकारको छनोट कार्य भैइरहेको निर्माण टिमले जानकारी दिएको छ।

सिनेमाको शैलेन्द्र डी काकीको डिओपी, राजु रेग्मी मगर लाइन प्रोड्युसर, महेश बराल मुख्य सहायक निर्देशक, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।