२८ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र भवनमा भाडाका दर्शक, बोल्न थाले चलचित्रकर्मी



ललितखबर
हरेक शुक्रबार देशभरका चलचित्र भवनमा नयाँ नयाँ चलचित्रको प्रर्दशन सुरु हुन्छ । केही दिन अघिदेखि नै बुकिङ खेले पनि टिकट बिक्दैन ।
तर चलचित्र भवनमा दर्शकको भीड देखिन्छ । कलाकारहरु दर्शकसँग झुमेको नाचेको, सेल्फी खिचेको दृश्य सञ्चारमाध्यमहरुमा देखिन्छ । शुक्रबार र शनिबारसम्म चलेको चलचित्र आइतबार धेरै हलमा दर्शक भेटिदैन ।

पछिल्लो समय चलचित्र भाडाका दर्शक ल्याएर चलचित्र देखाउने चलन बढेको छ । आफ्नो चलचित्र राम्रो भएको भन्दै देखाउन केही निर्माता निर्देशक आफन्त साथीभाईदेखि कलेज र स्कूलका विद्यार्थीसम्म हलमा ल्याएर निःशुल्क चलचित्र देखाइन्छ ।
नेपाली चलचित्र हेर्ने दर्शक ज्यादै न्युन हुन थालेपछि चलचित्रकर्मीहरु नै चलचित्र निर्माण गर्नुभन्दा प्रर्दशन गर्न कठीन भएको स्वीकार गर्दै आएका छन् ।

 

पछिल्लो समय राम्रो कलाकारहरुले चलचित्र क्षेत्रलाई अघि बढाई रहेको छ । हामीलाई राम्रा कलाकारहरुको उत्कृष्ट चलचित्र हेर्ने छनौट छ

आजकलका दर्शक चलाख भइसके । महिनौं देखि कलाकारहरुले गर्ने प्रचारवाजी र फण्डा पत्याउदैनन् । शुक्रबार र शनिबार हलमा दर्शकको भीड र उत्कृष्ट रहेको प्रतिकृया सुनेपछि मात्रै चलचित्र हेर्न हलसम्म जाने गरेका छन् । यही प्रवृति बुझेका चलचित्रकर्मीहरु दुई दिन भिड देखाउन र आफ्ना मान्छे भेला पारेर सञ्चारमाध्यमहरुमा चलचित्र उत्कृष्ट रहेको भन्दै बोलाउने र रुवाउने चलन सुरु भएको छ । हरेक शनिबार राजधानीको
शनिबार राजधानीको वालाजु वा कीर्तिपुर क्षेत्रमा दर्शकको भीडमा कलाकारहरु चिच्चाएको, सेल्फी खिचेको र अंगालो हालेको दृश्यहरुलाई चलचित्रकर्मीहरु चलचित्र चलाउने नाटक मञ्चनको संज्ञा दिने गरेका छन् । चलचित्रकर्मीहरुले आफ्नो प्रसिद्धिको प्रचारका लागि शुभेच्छुकले महँगा उपचार दिएकोदेखि केक काटेर जन्मदिन मनाइदिएको समेत झुटो प्रचार गरेको विषयमा आलो्चना गर्ने गरेका छन् ।
आफ्नो मान्छेलाई टिकट निःशुल्क बाढ्ने, क्यामेराअगाडि रुन लगाउने र बढाई चढाई बोल्न लगाउने प्रबृतिविरुद्ध आवाज उठ्न थालेको छ ।

 

मैले अहिलेसम्म चलचित्र प्रर्दशन गरेपछि भाडाका दर्शक ल्याएर देखाएको छैन । हाम्रो यस्तो चलचित्रमा यस्तो गर्दैनौं

राजधानीको एक कार्यक्रममा सुरु भएको बहस सुन्दा चलचित्र चलाउन गरिने फण्डा र स्टनवाजीले नयाँ र व्यावसायिक चलचित्र निर्माण गरेर दर्शकसम्म पुग्न कठीन रहेको दृश्य देखिएको छ ।
चलचित्र कर्माका निर्देशक सौरभ चौधरी आफूलाई चलचित्र क्षेत्रको विकृतीहरुबारे अनविज्ञता प्रकट गर्छन् । उनी आश्वस्त पार्दै भन्छन्, ‘मैले अहिलेसम्म चलचित्र प्रर्दशन गरेपछि भाडाका दर्शक ल्याएर देखाएको छैन । हाम्रो यस्तो चलचित्रमा यस्तो गर्दैनौं ।’
चलचित्रका कर्माका निर्माता वसन्त लम्साल नेपाली चलचित्र क्षेत्रका यस्ता विकृती पत्रकारिता क्षेत्रले उजागर गर्न सल्लाह दिदै चलचित्र क्षेत्रका यस्ता विकृतिविरुद्ध बोल्नु पर्ने तर्क गर्छन् । यस्ता प्रबृतिको अन्धभक्त भएर समर्थन गर्दा चलचित्र क्षेत्रमा कलाकारिता मर्दै जाने भन्दै चिन्ता व्यक्त गरे । हामी चलचित्र कर्माप्रति विश्वस्त छौं । चलेन भने चलेन ठिकै छ । हामीले दर्शकको मन जित्न सकेनौं भनौला । अर्को चलचित्रमा गल्तीहरु सुधारौला । तर भाडाका दर्शक ल्याएर चलचित्र देखाउदैनौं ।

 

चलचित्र निर्माता तथा निर्देशक निश्छल बस्नेत भने पछिल्लो समय राम्रो चलचित्र बन्न सुरु भएको भन्दै खुशी व्यक्त गर्छन् । भन्छन्, ‘पछिल्लो समय राम्रो कलाकारहरुले चलचित्र क्षेत्रलाई अघि बढाई रहेको छ । हामीलाई राम्रा कलाकारहरुको उत्कृष्ट चलचित्र हेर्ने छनौट छ ।’

प्रकाशित मिति : २२ चैत्र २०८१, शनिबार  ९ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।