२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


‘छपेली हुँदै राजधानीतर्फ एम्बुलेन्समा लागू औषध ल्याउने चालक प्रहरीको चेकजाँचपछि फरार भएका थिए’



चापागाँउ
छपेली हुँदै राजधानीतर्फ एम्बुलेन्समा लागू औषध ल्याउने चालक प्रहरीले चेकजाँच गरेपछि फरार भएको खुलेको छ ।
चेकजाँचका क्रममा तत्काल फरार चालक मोहम्मद उमर सिद्दिकीलाई बागमती गाउँपालिका ३ सडकबाट शनिबार बिहान पक्राउ गरिएको प्रहरीको भनाई छ ।
बागमती गाउँपालिका–३ भट्टेडाँडा छपेलीस्थित कान्ती लोकपथ सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९४ हजार ८० ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरूमा भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी रक्सौल नगर–५ पछियाटोल घर भएका २२ वर्षीय मोहम्मद उमर सिद्दिकी, भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी टुमरिया ग्राम पञ्चायत–५ घर बताउने २० वर्षीय समिर आलम, भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी राजाबजार नगर–३३ घर बताउने ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी र भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी पलानवा ग्राम पञ्चायत–९ घर बताउने ४५ वर्षीय नोर्जान खातुन रहेका छन् ।
प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बीआर ०५ पिए ०४२१ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी एम्बुलेन्समा सवार समिर आलम, मोहम्मद मुन्ना अन्सारी र नोर्जान खातुनलाई पक्राउ गरेको थियो ।

 

प्रकाशित मिति : २२ चैत्र २०८१, शनिबार  ४ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।