२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘पिताम्बर’को ट्रेलर विभिन्न देशमा ट्रेन्डिङमा पुग्यो



यही चैत २९ गते प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘पिताम्बर’ को ट्रेलर वल्र्डवाइड ट्रेन्डिङमा पुगेको छ ।
करिव १६ लाखभन्दा धेरै पटक हेरिएको चलचित्रको ट्रेलर नेपालमा दोस्रो स्थानको ट्रेन्डिङमा छ । चलचित्रको ट्रेलर कोरियामा ८ स्थानमा, मलेसियामा १२, अस्ट्रेलियामा १३, साउदीमा २२, जापानमा १०, कतारमा १२, पोर्चुगलमा १५ र यूएईमा १० औं स्थानमा परेको छ ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्र कृषा चौलागाईंले निर्देशन गरेकी हुन् ।

 

चलचित्रमा अभिनेता प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय छ ।

विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता रहका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शनिबार  ५ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।