२७ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चर्चामा छ चलचित्र ‘कर्मा’को ट्रेलर



ललितपुर
चलचित्र ‘कर्मा’को ट्रेलर पछिल्लो समय चर्चामा छ ।
नेपालसहति विभिन्न देशमा ‘कर्मा’को ट्रेलरको चर्चासँगै युट्युब ट्रेन्डिङमा परेको छ ।

ठूलो नेपाली डायस्पोरा रहेका देश कतार, कोरिया र जापानमा ‘कर्मा’को ट्रेलर युट्युब ट्रेन्डिङमा परेको हो । नेपालमा मुभी सेक्सनको छैटौं स्थानमा छ ।

बिहीबार सार्वनिक ‘कर्मा’को ट्रेलरको सामाजिक सञ्जालमा उत्कृष्ट रहेको प्रतिक्रिया आइरहेको छ । चलचित्र प्रर्दशनको मिति नजिकिँदै जाँदा ट्रेलरले चलचित्रको चर्चा बढाइरहेको छ ।

ट्रेलरमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत कलाकार अटाएका छन् ।

विपीनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भनेका छन् ।

‘कर्मा’मा विपीन, उपासना मुकुन र सरितासँगै दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

‘कर्मा’ चैत २९ गते प्रर्दशन हुँदैछ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।

एक्सन विधामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन विधामा निर्माण भएको छ । चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।

निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।

 

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  १२ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।