२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायक दुर्गेशले गाए चलचित्र ‘कर्मा’को गीत



 

काठमाडौ

युवाहरुबीच चर्चित गायक दुर्गेश थापाले चलचित्र ‘कर्मा’को शिर्षगीत गाएका छन् ।

आइतबार राजधानीमा एक औपचारिक कार्यक्रमकाबीच सो गीत सार्वजनिक गरिएको छ ।

 

शब्द तथा संगीत र एरेन्ज समेत गायक दुर्गेशकै रहेको यस गीतमा असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिइएको छ ।

यो गीतमा ब्याकग्राउन्ड भोकल आरसी रिमाल र भुषण खतिवडाको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत देखिएका छन् ।

पछिल्लो समय सार्वजनिक भएको चलचित्र ‘कर्मा’को ट्रेलर नेपालसहति कतार, कोरिया र जापानमा पनि युट्युब ट्रेन्डिङमा परेको छ ।

चलचित्र ‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

नयाँ वर्ष २०८२ को छेको पारेर यो चलचित्र ‘कर्मा’ नेपाललगायत संसारभरका चलचित्र भवनहरुमा चैत २९ गते प्रर्दशन हुँदैछ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ८ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।